You are viewing the translated version of बीमा सूचना केन्द्र.

Section 108
बीमा सूचना केन्द्र
(१) ऐनको दफा १५५ बमोजिम प्राधिकरणले स्थापना गरेको बीमा सूचना केन्द्रले देहाय बमोजिमको कार्य गर्नेछ:-

(क) बीमा सम्बन्धी सूचनाको सङ्कलन, भण्डारण तथा वितरण,

(ख) बीमा ठगी जालसाजी किर्ते लगायतका बीमा अपराध गरेको वा अस्वाभाविक वा शङ्कास्पद बीमा गतिविधि गर्ने बीमितलाई आवश्यकता . अनुसार कालोसूची वा शङ्कास्पदको सूचीमा राख्ने,

(ग) ऐनको दफा १४३ को उपदफा (४) बमोजिमको सूचना सङ्कलन गरी अभिलेख राख्ने,

(घ): बीमा सम्बन्धी आवधिक प्रतिवेदन तयार गर्ने,

(ङ) बीमा सम्बन्धी अन्य आवश्यक तथ्याङ्क सङ्कलन गर्ने,

(च) केन्द्रको प्रबन्धपत्र र नियमावलीमा उल्लेख भएका अन्य उद्देश्य अनुरूप कार्य गर्ने।

(२) उपनियम (१) बमोजिमको कार्यसम्पादन गर्न आवश्यक विवरण, सूचना तथा जानकारी बीमकले बीमा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ।